+
+

रास्वपाले भोलि पत्रकार सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २१:०९

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएको छ । शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन राखिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेश, अबको न्याय प्रक्रिया र पार्टीको अबको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?