+
+

‘साबरमती रिपोर्ट’सहित शुक्रबार ओटीटीमा आउँदैछन् यी ४ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:००

काठमाडौं । तपाईं ओटीटीमा फिल्म र सिरिज हेर्न रुचि राख्नुहुन्छ भने शुक्रबार रिलिजको नयाँ लाइनअप छ । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टारमा यस साता नयाँ फिल्म र सिरिज आउँदैछन् । यहाँ केही नयाँ रिलिजबारे चर्चा गरिन्छ ।

द सारमती रिपोर्ट

विक्रान्त मेसी, राशि खन्ना र ऋद्धि डोगरा अभिनित फिल्म ‘साबरमती रिपोर्ट’ शुक्रबार रिलिज हुँदैछ । धीरज सरनाले निर्देशन गरेको यो फिल्मले सन् २००२ फेब्रुअरी २७ मा गोधरामा घटित साबरमती एक्सप्रेसमा भएको आगलागीको घटनाको खोजी गर्छ, जसमा ५९ जनाको ज्यान गएको थियो ।

फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतले पनि हेरेका थिए । फिल्मलाई एकता कपुर, शोभा कपुर, अमूल बी मोहन र अंशुल मोहनले निर्माण गरेका हुन् । यो फिल्म जी-फाइभ ओटीटीमा आउनेछ ।

ब्ल्याक वारेन्ट

विक्रमादित्य मोटवानेको आगामी रिलिज ‘ब्ल्याक वारेन्ट’ शुक्रबार नेटफ्लिक्समा प्रिमियर हुनेछ । जेल ड्रामा फिल्ममा दिवंगत बलिउड लिजेन्ड शशी कपुरका नाति जहान कपुरले अभिनय गरेका छन् । श्रृंखलालाई मोटवाने र सत्यांशु सिंहले निर्देशन गरेका हुन् । परमवीर सिंह चीमा, अनुराग ठाकुर र सिद्धान्त गुप्ताको पनि मुख्य भूमिका छ । यो सत्य घटनाबाट प्रेरित छ र तिहाड जेलका पूर्वप्रमुख सुनिल गुप्ता र पत्रकार एवं लेखक सुनेत्रा चौधरीको पुस्तक ‘ब्ल्याक वारेन्ट : कन्फेसन्स अफ ए तिहाड जेलर’मा आधारित छ ।

गुजबम्प्स : द भ्यानिसिङ

‘फ्रेन्ड्स’ फेम, डेभिड स्विमरले यो फिल्ममा डिभोर्स भइसकेका पिताको भूमिका निर्वाह गरेका छन् । न्युयोर्कको ब्रुकलिनमा उनले ग्रीष्मयाममा आफ्ना जुम्ल्याहा छोराछोरीलाई कसरी हुर्काउँछन् भन्ने कथावस्तु यसमा छ । यो फिल्म शुक्रबार डिज्नी र हुलुमा स्ट्रिमिङ हुँदैछ ।

अन कल

डिक वुल्फको नयाँ पुलिस ड्रामा ‘अन कल’ शुक्रबारदेखि प्राइम भिडियोमा स्ट्रिमिङ हुनेछ । यो फिल्मलाई अमेरिकाको क्यालिफोर्नियामा छायांकन गरिएको हो । फिल्ममा प्रीटी लिटिल लायर्सको भूमिकामा ट्रोयन बेलिसारियो र ब्रान्डन लाराकुएन्टेलाई गस्ती पुलिसको रूपमा कास्ट गरिएको छ ।

द पिट

नूह वाइल आफ्नो नयाँ श्रृंखला ‘द पिट’मा इमर्जेन्सी मेडिकलको संसारमा फर्किन्छन् । वाइलले पिटसबर्गको काल्पनिक अस्पतालमा अनुभवी चिकित्सक डा. माइकल ‘रोबी’को भूमिका चित्रण गर्छन् । कार्यक्रमले प्रत्येक एपिसोडमा १५ घण्टा शिफ्टमा काम गरिरहेका डा. मरोबीको फरक भूमिकाको अन्वेषण गर्छ । यो श्रृंखला शुक्रबारदेखि जियो सिनेमामा स्ट्रिमिङ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?