
काठमाडौँ । गीतकार संघको अध्यक्षमा वसन्त वित्यासी थापा पुनः चुनिएका छन् । शनिबार आयोजित १५ औँ साधारणसभा एवम् ७ औँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उनी चुनिएका हुन् ।
नवगठित समितिको उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई, सचिवमा शीतल कादम्बिनी, कोषाध्यक्षमा चेतन पनि दोहोरिएका छन् । यी सबै सर्वसम्मत चुनिएका हुन् ।
सदस्यमा जीवन मुकारुङ, रमेश दाहाल, कमल पौडेल, गोविन्द श्रृङखला, देवी पराजुली, विष्णु भण्डारी निर्वाचित भए ।
समारोहमा गीतकार राजेन्द्र थापा, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, साङ्गीतिक सङ्घका महासचिव सुमन पण्डित, नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसी, गीतकार योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ लगायतको सहभागि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4