+
+

गत साता धेरै हेरिएका १० ओटीटी सिरिज, शीर्षस्थानमा ‘स्क्विड गेम २’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १७:०७

काठमाडौं । बक्स अफिसमा उछाल आओस् वा नआओस् । ओटीटीको संसार चम्किरहन्छ । यो प्लाटफर्ममा दैनिकजसो नयाँ फिल्म र सिरिज रिलिज भैरहन्छन् । दर्शकले पनि ओटीटीमा हिजोआज नयाँ-नयाँ वेब शो हेरिरहन्छन् । हामी ६ जनवरीदेखि १२ सम्म भारतमा धेरै हेरिएका वेब सिरिजबारे बताउन गैरहेका छौं ।

यो सूचीमा नेटफ्ल्क्सिका तीनवटा वेबश्रृंखला छन् जसमध्ये एउटा डकुमेन्ट्री हो । डिज्नी प्लस हटस्टारका २ शो, अमेजन एमएक्स प्लेयर र अमेजन प्राइम भिडियोका पनि सिरिज यसमा छन् । यस्तो छ उक्त अवधिम भारतमा धेरै हेरिएका वेब सिरिज भ्यूअर्सअनुसार :

१) स्क्विड गेम

दक्षिण कोरियाली वेब-सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजनले दर्शकको निकै माया पाइरहेको छ । यस पटक कथा खेलाडी ४५६ अर्थात सियोङ गि– हुनकोे खोजमा आधारित छ । जसले अघिल्लो भागमा अर्ब राशीको पुरस्कार जितेका थिए । दोस्रो सिजनको कथा अझै अधुरो छ, त्यसैले फ्यान सन् २०२५ भित्रै तेस्रो सिजन आउने प्रतीक्षामा छन् । यो सिरिजलाई नेटफ्ल्क्सिमा हेर्न सकिन्छ र यसलाई भारतमा मात्र उक्त अवधिमा ४.६ मिलियन पटक हेरिएको छ ।

२) गुनाह सिजन २

डिज्नी प्लस हटस्टारमा स्ट्रिमिङ भैरहेको यो सिरिजलाई ३.७ मिलियन पटक हेरिएको छ । यस शोमा, शिव नामक पात्रको संसार वरपरका प्रियजनको विश्वासघातका कारण टुक्रिन्छ । यस क्राइम थ्रिलर वेब शोको पहिलो सिजन पनि निकै रुचाइएको थियो ।

३) शार्क ट्यांक इन्डिया सिजन ४

सोनी लिवमा यसलाई ३.३ मिलियन पटक हेरिएको छ । यस शोमा उद्यमशिलताको संसारमा अघि बढ्न खोज्नेले प्लाटफर्म पाउँछन् । प्रतिस्पर्धीले उद्यमशिलता र लगानीबारे आइडिया पिच गर्छन् । यदि शार्क ट्यांकले यी योजना रुचाएभने उनीहरूमाथि लगानी गरिन्छ । यो शोको दोस्रो सिजनलाई निकै रुचाइएको छ ।

४) बिस्ट गेम्स

अमेजन प्राइम भिडियोमा यसलाई २.६ मिलियन पटक हेरिएको छ । जिमी ‘मिस्टर बिस्ट’ डोनाल्डसनद्वारा बनाईएको यो एक रियालिटी प्रतियोगिता शो हो । एक हजार प्रतियोगीले ५० लाख डलर पुरस्कार जित्नका लागि खेल खेल्छन् । यो शो ’स्क्विड गेम’ बाट प्रेरित छ ।

५) आगरा अफेयर

अमेजन एमएक्स प्लेयरमा यसलाई २.४ मिलियन पटक हेरिएको छ । एक प्रेम कथा, तीन जनाको बीचमा । यो सम्बन्ध के होला ? कार्यक्रम हेरेपछि थाहा हुन्छ । शोमा आकाश दहिया, हर्षिता गौर, प्रतीक पचौरी, अमन गुप्ता लगायतका धेरै स्टार छन् । निर्देशन मन्दर कुरन्दरले गरेका हुन् । यसको कथा आगरामा बसोबास गर्ने आकाश नामको केटाको वरिपरि घुम्छ, जसले आफ्नो परिवारको भत्किरहेको लक्जरी होटलको व्यवस्थापन र रेस्टुरेन्ट खोल्ने आफ्नो सपना पूरा गर्ने दबाबसँग संघर्ष गर्दछ । कथाले ट्विस्ट लिन्छ जब उनी दुई केटीसँग प्रेममा पर्छन् ।

६) ब्ल्याक वारेन्ट

नेटफ्ल्क्सिमा यसलाई २.३ मिलियन पटक हेरिएको छ । हालै रिलिज भएको यो क्राइम ड्रामा र थ्रिलर शोले निकै चर्चा कमाएको छ । यसमा शशि कपूरकी नातिनी जहान गुप्ताको अभिनय छ । उनीसँगै राहुल भट्ट, परमवीर सिंह चीमा र अनुराग ठाकुर पनि छन् । यो शो जनवरी १० मा रिलिज भएको छ ।

७) पार्टी टिल आई डाई

अमेजन एमएक्स प्लेयरमा रहेको यसले २ मिलियन भ्यूज पाएको छ । जब १९ वर्षका धनीहरूको एक समूहले ब्रान्ड शूटको लागि सप्ताहन्तमा गोवाको फार्महाउसमा जाने निर्णय गर्छ । यतिबेला पार्टीले घातक मोड लिन्छ जब जिउँदो रहनको लागि साथी नै साथीविरुद्ध प्रस्तुत हुन्छन् ।

८) एक फर्जी लव स्टोरी

अमेजन एमएक्स प्लेयरमा यसलाई १.८ मिलियन पटक हेरिएको छ । शोमा ‘लाफ्टर शेफ’ रीम शेखको अभिनय छ । तिनीहरू अंशुमान मल्होत्रा, मोहित हिरानंदानी, अभिषेक वर्मा र मनिसी तक्षक हुन् । आरम्भ एम सिंहले निर्देशनको जिम्मा लिएका छन् । कन्टेन्ट क्रिएटर कृतिका र सीएम मानव जो सोसल मिडियाबाट टाढा रहन्छन् । दुवैको छुट्टाछुट्टै जीवन एक बिन्दुमा सँगै आउँछ । तर यो बाटोमा धेरै उतारचढावहरू छन् ।

९) स्टार वार्स : स्केलेटन

डिज्नी प्लस हटस्टारमा यसलाई १.७ मिलियन पटक हेरिएको छ । यदि तपाइँ एक्सनले भरिएको केही हेर्न चाहनुहुन्छ भने यो तपाइँको लागि उत्तम विकल्प हो ।

१०) आरआरआर : बिहाइन्ड द बियोन्ड

नेटफ्ल्क्सिमा यसलाई १.६ मिलियन पटक हेरिएको छ । राम चरण र जूनियर एनटीआरको फिल्म ‘आरआरआर’ बक्स अफिसमा सफल भयो, तर यदि तपाइँ सेटमा क्यामेरा पछाडि के भयो हेर्न चाहनुहुन्छ भने, तपाइँ यो वृत्तचित्र हेर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?