फाइल तस्वीर								
											३ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ ।
संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।
पार्टीबाट संसदीय समितिमा संयोजक तोकिएका तीन जनाको ठाउँ रिक्त भएकाले पदपूर्ति गरिएको घिमिरेले बताए ।
संसदीय दलसँग सम्बन्धित तीन निर्णय गरेको छ । संसदीय दल अनुशासन समिति दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।
संसदीय समितिमा १/१ जना संयोजक तोक्ने संसदीय दलको विधानको व्यवस्था अनुसार रिक्त भएका ठाउँमा पदपूर्ति गरिएको छ ।
अर्थ समितिमा संयोजक डा. प्रकाशशरण महत, लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरीलाई पार्टीबाट संयोजक तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4