
काठमाडौं । नागार्जुन कलेजले ‘बीसीए अन्तर कलेज फुटसल’ को उपाधि जितेको छ ।
ललितपुरस्थित डीएभी कलेजले आयोजना गरेको तेस्रो बीसीए अन्तर कलेज फुटसलको उपाधि जित्दै नागार्जुन कलेजले एक लाख ५० हजार रूपैयाँ हात पारेको छ । उपाधि विजेता टोलीलाई त्रिशूली भिल्लाले फ्रि र्याङ्खिटङ प्याकेज समेत प्रदान गरेको छ ।
त्यसैगरी रनरअप बनेको पास्कल कलेजले ७५ हजार रूपैयाँ नगदसहित रनरअप ट्रफी हात पारेको छ ।
प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले बेस्ट प्लेयर अर्वाड हात पार्दा नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले बेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले बेस्ट स्कोर अर्वाड हात पारे ।
विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरिट सर्टिफिकेट प्रदान गरिएको थियो ।
२९ पुसदेखि २ माघसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेजसम्बद्ध २४ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4