+
+

सैफ अली खानलाई आईसीयूबाट क्याबिनमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १४:४७
फाइल तस्वीर

काठमाडौं । बलिउड स्टार सैफ अली खानको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनी हिंड्न सक्ने भएका छन् । मुम्बईस्थित लीलावती अस्पतालका चिकित्सकले अभिनेता खानको स्वास्थ्य अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

बिहीबार राति एक व्यक्ति सैफको घरमा प्रवेश गरेर उनीमाथि चक्कु आक्रमण गरेका थिए । घाइते भएका सैफलाई मुम्बईको लीलावती अस्पताल लगिएको थियो । अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

सैफको उपचार गर्ने चिकित्सकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सैफ अली खानको अवस्था स्थिर छ । अवस्था सुधारोन्मुख छ । उहाँलाई राम्रो भइरहेको छ । आईसीयूबाट क्याबिनमा सारिएको छ । आगन्तुकलाई भेट्न प्रतिबन्ध लगाइएको छ ।’

सैफ अहिले हिंड्डुल गर्न सक्ने भएको अस्पतालले जनाएको छ । संक्रमण हुन नदिन आगन्तुकलाई रोक लगाइएको छ । सैफको मेरुदण्डमा चोट लागेकाले संक्रमणको जोखिमबाट जोगिनुपर्ने चिकित्सकले बताएका छन् ।

लीलावती अस्पतालका सीईओ नीरज उत्तममणिले भने, ‘सैफलाई सुरुमा उपचार गर्ने पहिलो डाक्टर म हुँ । अहिले उनको अवस्था राम्रो छ । हामीले उनलाई आईसीयूबाट विशेष क्याबिनमा सारेका छौं ।’

रिपोर्टअनुसार सैफको शरीरमा प्रवेश गरेको हेक्सा ब्लेडको धारिलो भाग बिहीबार अस्पतालले शल्यक्रियाका क्रममा निकालेको थियो ।

प्रहरीले हेक्सा ब्लेडको सानो टुक्रा बरामद गरेको छ । मुम्बईको बान्द्रा प्रहरीले खानको घर तोडफोड गरेको आरोपमा शुक्रबार एकजना संदिग्धलाई पक्राउ गरेको छ ।

यस मामिलामा बिहीबार एक संदिग्धको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको थियो । उनी बिहान साढे २ बजे सैफको घरमा देखिएका थिए । यसपछि अर्को सीसीटीभी फुटेज सार्वजनिक भयो, जसमा बान्द्रा रेलवे स्टेसन नजिकै एक संदिग्ध देखिएका छन् । संदिग्ध व्यक्ति एउटै हो कि होइन भन्ने अझै प्रष्ट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?