+
+

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

रासस रासस
२०८१ माघ ४ गते १९:०८

४ माघ, हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।

आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।

हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए ।

हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?