
काठमाडौं । नयाँ कथासहित पेपरक्लिप प्रालिले कथानक फिल्म ‘जनै हराएको बाहुन’ निर्माण गर्ने भएको छ । निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् ।
फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार, यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका निर्देशक न्यौपानेले यो फिल्म आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए । उनले यसअघि केही वृत्तचित्र र लघु चलचित्र निर्देशन गरिसकेका छन् । ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक फिल्म हुनेछ ।
न्यौपाने लामो समय भारतमा थिए । उनले यसबीच नेपाल र भारतबीच संयुक्त लगानीका फिल्म निर्माणका लागि पहल समेत गरेका थिए ।
फिल्मका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4