
काठमाडौं । माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’मा समावेश ‘तिमी नै हौ’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रशान्त तामाङ निर्देशित फिल्मको गीतमा दुई बालकलाकारको मित्रता र समर्पण प्रस्तुत छ ।
गीतको भिडियोमा आदित्य कार्की र सम्राट थापा फिचर्ड छन् । देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगलले रचेका हुन । संगीत शंकर थापा स्माइलको छ ।
गीतको नृत्य निर्देशन सुष्मा राईले गरेकी हुन् । टिजरले प्रशंसा पाइरहेको बेलामा दर्शकमाझ ‘फ्रेन्ड सङ’ ल्याइएको हो । फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिशा न्यौपाने, नीरज ब्ल्याक, बिश्व स्याङ्बो, दिपिका थापा, सुमन सागरजंग केसी, प्रभात श्रेष्ठको पनि अभिनय छ ।
बाल मनोविज्ञान, बालअधिकार, धनीगरिब परिवारबीचको खाडलको कथावस्तुमा बनाइएको फिल्मलाई प्रेम तामाङ र फूलमाया तामाङले निर्माण गरेका हुन् । पुष्पा लिम्बु र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मलाई गोपाल रायले खिचेका हुन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्मलाई देशभर स्टेशन-५ ले वितरण गर्दैछ ।
प्रतिक्रिया 4