+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

२०४६ पछिका नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : भक्तिप्रसाद सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १६:०५

७ माघ, विराटनगर। राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेतृत्व तहमा पुगेका नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार सुरु प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतृत्वको सम्पत छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘२०४६ सालपछि राजनीतिको नेतृत्व तहसम्म पुगेका, संसद भएका व्यक्ती, अधिकृतभन्दा माथि सबै उच्च पदस्थ कर्मचारीको सम्पतिमा एक पटक पुनरावलोकन गर्नुपर्छ,’ उनले भने,‘इमान्दारिता छैन भने त्यो सम्पति गलत ठंगले आम्दानी गरेको छ भने त्यसमा छानविन हुनपर्छ, आग्रहपूर्वाग्रहबिना ।’

दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसके जनताले कठोर निर्णय लिन सक्ने उनको भनाइ छ। ‘अब पनि सरकारले जनतालाई सही रुपमा अपेक्षा अनुसार काम गर्न सकेन भने राजनीतिक रुपमा जनताले फेरि अर्को निर्णय लिन सक्छन्, त्यो निर्णय कठोर हुनसक्छ, त्यसप्रति सचेत हुन आवश्यक रहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?