+
+

हर्क साम्पाङले प्रधानमन्त्रीसँग भेट्न पाएनन्

धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री ओलीसँग भने भेट्‍न नपाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १६:०९
तस्वीर : आर्यन धिमाल/ अनलाइनखबर

८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले केपी शर्मा ओलीसँग मंगलबार सिंहदरबारमा भेट्न पाएनन् ।

धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री ओलीसँग भने भेट्‍न नपाएका हुन् । तर उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका थिए ।

यता, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्‍यूको आज  उहाँ (हर्कराज सम्पाङ)सँग भेटघाटको कार्यक्रम नै तय भएको थिएन।  प्रधानमन्त्रीको आज त विहानैदेखि भेटघाटको कार्यक्रम सेड्‍युल टाइट थियो। त्यसकारण पनि भेट हुन सकेन।’

यसअघि मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र  अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर आफ्ना समस्या राखेका थिए, जसमा अर्थ र खानेपानीबाट सकारात्मक कुरा आएको सञ्‍चारकर्मीलाई बताएका थिए ।

मेयर साम्पाङले बोकेर गएको रित्तो गाग्रो गेटबाटै प्रहरीले खोसेको थियो । जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए ।

तर आफू पानीको मुद्दालाई राजनीतिक नभइ विकास माग्न आएको बताएका छन् ।

‘पानीको मुद्दालाई राजनीतिक मुद्दा खानेपानी चाहिँ सरकारले तुरुन्तै बनाउनुपर्छ । खानेपानी विकास होइन, म विकास माग्न आएको होइन,’ साम्पाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?