+
+

रवि आज भैरहवा बस्ने, भोलि रुपन्देही जिल्ला अदालतमा हाजिर हुने

भोलि अदालतमा हाजिर भएपछि सुरुमा उनको बयान हुनेछ । त्यसपछि थुनछेक बहस प्रारम्भ हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १६:५६

रुपन्देही जिल्ला अदालतमा हाजिर हुन त्यसतर्फ गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भैरहवा बस्ने भएका छन् ।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर हुन उनी मंगलबार अपराह्न काठमाडौंबाट भैरहवा पुगेका हुन् । उनी भोलि बुधबार अदालतमा उपस्थित हुने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने आज भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्ने बताइएको छ । त्यहाँ उनले कार्यकर्तासँग भेटघाटसमेत गर्ने भैरहवास्थित रास्वपाका नेताहरूले बताएका छन् ।

लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ । भोलि अदालतमा हाजिर भएपछि सुरुमा उनको बयान हुनेछ । त्यसपछि थुनछेक बहस प्रारम्भ हुनेछ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्वडीआईजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।

पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछानेसँग चार करोड बढी बिगो माग गरिएको छ ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?