+
+

धनुषामा ४ दिनदेखि बेपत्ता युवकको शव पोखरीमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:०८

९ माघ, जनकपुरधाम । धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव पोखरीमा डुबेको अवस्थमा फेला परेको छ ।

छिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँशुकुमार महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार शाहका अनुसार बुधबार दिउँसो महराको शव फेला परेको छ ।

परिवारजनका अनुसार युवक छारे रोगबाट ग्रसित थिए । लुकेर माछा मार्ने क्रममा एक्कासि छारे रोगले च्याप्दा उनी पोखरीमा डुबेको हुनसक्ने आशंका प्रहरीको छ । घटनास्थलमा बल्छी पनि फेला परेको प्रहरी निरीक्षक शाहले बताए ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?