+
+

त्रिविको भौगर्भिक विद्यार्थी समाजले भौगर्भिक प्रदर्शनी गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते ८:१९

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगर्भशास्त्रमा अध्ययनरत विद्यार्थीहरू सम्मिलित नेपाल भौगर्भिक विद्यार्थी समाजले पाँचौं भौगर्भिक प्रदर्शनी गर्ने भएको छ ।

आगामी माघ २४ देखि २६ गतेसम्म केन्द्रीय विभागको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । प्रदर्शनीमा माइक्रोबायोलोजी विद्यार्थी समाज, जुलोजिकल विद्यार्थी समाज र कम्प्युटर विद्यार्थी समाजको सहकार्य रहेको छ ।

प्रदर्शनीमा ३५ शैक्षिक स्टलहरू, २० भन्दा बढी चट्टान र खनिज स्टलहरू, फुड स्टलहरू र गेमिङ जोन रहने जनाइएको छ । भूगर्भीय संरचना, जोखिम नक्सा, भू–तथ्याङ्क प्रणाली, जैविक विविधता र भूगर्भीय सर्वेक्षणसम्बन्धी वैज्ञानिक प्रस्तुति र प्रदर्शनी गरिनेछ ।

यस प्रदर्शनी विद्यार्थी, अनुसन्धानकर्ता, र भौगर्भिक तथा प्राकृतिक विज्ञानमा रुचि राख्ने सबैका लागि खुला भएकाले सहभागी हुनका लागि सबैजनाका लागि आह्‍वान समेत गरिएको छ ।

यसले भूगर्भीय जोखिम व्यवस्थापनदेखि नवीनतम प्रविधिको प्रयोगसम्म सबैका लागि महत्त्वपूर्ण ज्ञान प्रदान गर्ने आयोजकको विश्‍वास छ । कार्यक्रमको अन्त्यमा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूबीच अन्तर्क्रिया पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?