+
+

अखिल क्रान्तिकारीको नेतृत्व छान्न मतदान सकियो, आजै गणना सुरु हुने

शनिबार रातिबाटै मतगणना सुरु हुने तथा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम आउने विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १९:१६

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आज मतदान भएको हो ।

दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको पूर्वअध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

आजै रातिबाट मतगणना सुरु हुने तथा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम आउने विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।

अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । खुला र आरक्षण गरी नौ उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठजना प्रतिस्पर्धी छन् । यस्तै, नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाबीच भिडन्त छ भने एक कोषाध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?