+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आवश्यकताले खोजे दलीय राजनीतिमा फर्किन्छु : पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८१ माघ १४ गते १५:५४

१४ माघ, विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएकी छन् । अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको उनको भनाइ छ ।

दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहे नरहेको भन्दै सञ्चारकर्मीले पटकपटक सोधेको प्रश्नमा भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताएकी हुन् ।

आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको उनको भनाइ छ । ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु,’ उनले भनिन्, ‘ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्‍यो भने त्यतिबेला निर्णय गर्नेछु ।’

दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उनको भनाइ थियो । एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
जनतामावि इटहरीको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग छलफल गरेकी हुन् ।

‘विराटनगर मेरो पुरानो गृह जिल्ला पनि हो, राजनीति गरेको स्थान पनि हो। पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ । यहीक्रममा तपाईंहरूसँग पनि भेट्न मन लाग्यो,’ उनले भनिन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?