१४ माघ, काठमाडौं । सिन्धुलीका १३० जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ ।
सिन्धुलीको खाङसाङस्थित सुनकोशी माध्यमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो ।
जाडोको समयमा न्यानो कपडाको अभाव झेल्न बाध्य विद्यार्थीलाई फिक्कलमा रहेको ‘हाम्रो प्रकृति, हाम्रो फिक्कल युवा क्लब’ ले ट्र्याटसुट वितरण गरेको हो ।

ईसीडीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको विद्यालयकी शिक्षिका सुलोचना न्यौपानेले जानकारी दिइन् ।
क्लबमा आबद्ध किशोर किशोरीहरूले देउसी भैलो खेलेर संकलन गरेको पैसाले न्यानो कपडा खरिद गरेर विद्यार्थीलाई वितरण गरिएको क्लबले जनाएको छ ।
प्रतिक्रिया 4