 
																			१४ माघ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागको निर्देशक र सह-निर्देशकमा आवेदन नै नपरेपछि दोस्रोपटक आवेदन माग गरिएको छ ।
छनोट समितिले गत २४ पुसमा एकजना निर्देशक तथा तीनजना सहनिर्देशकको लागि आवेदन माग गरेको थियो । तर, एकजनाको पनि आवेदन परेन । त्यसपछि ७ माघमा दोस्रोपटक आवेदन माग गरिएको छनोट समितिका संयोजक नवराज अधिकारीले जानकारी दिए ।
‘पहिलोमा आवेदन नआएपछि दोस्रोपटक आह्वान गरेका हौं,’ छनोट समितिका संयोजक अधिकारीले भने । यसअघि त्रिविको केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि दुईजनाको मात्र आवेदन परेको थियो । छनोट समितिले तीनजनाको नाम सिफारिस गर्नुपर्नेमा दुईजनाको मात्र आवेदन परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4