+
+

विपक्षी दलहरूले मोर्चाबन्दी गरेर भ्रम फैलाइरहेका छन् : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १८:३२

१५ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । मंगलबार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताए ।

‘सरकारले असाध्यै महत्त्वपूर्ण ढंगबाट काम गरिरहेको छ । देश र जनताको हितलाई केन्द्रमा राखेर र सुशासन प्रवर्द्धनलाई ध्येय बनाएर काम गरिरहेको छ,’ बर्तौलाले भने, ‘तर प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमणको निशाना बनाइरहेको छ । मुलुकलाई भ्रमतर्फ लैजाने खेतापाती गरिरहेको छ ।’

एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने बताए ।

सांसदहरू संसदीय काम र प्रक्रियाहरुलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ थियो ।

‘नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले यो आगामी अधिवेशनमा संसद्‌मा खेल्नुपर्ने भूमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरू संसदीय काम र प्रक्रियाहरूमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निष्कर्ष हुन्छ,’ बर्तौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?