
काठमाडौं । फिल्म ‘केटी हराएको सूचना’लाई महिला उद्यमीले हेरेका छन् । जमलस्थित विश्वज्योति सिनेप्लेक्समा मंगलबार शो बुक गरेर महिला उद्यमी संघका २ सय सदस्यले फिल्म हेरेका हुन् ।
फिल्म हेरेपछि उनीहरुले कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मनपरेको प्रतिक्रिया दिए । मधेशका महिलाको जीवन, संघर्ष र कथालाई फिल्मले रोचक चित्रण गरेको उनीहरूले जनाए ।
स्क्रिनिङको क्रममा निर्देशक दीपेन्द्र गौचन र अभिनेत्री सृष्टि श्रेष्ठ उपस्थित थिए । महिला उद्यमीले गुलाबको फूल दिएर यी दुईप्रति सम्मान दर्शाए ।
ट्राई सिटी पिक्चर्सले निर्माण गरेको यो फिल्मले दुई पात्रमार्फत पहाड र मधेशबीच मेलमिलापको खोजीको कथा भन्छ । फिल्ममा गौचनको पटकथा लेखन र निर्देशन छ ।
शीर्ष भूमिकामा सृष्टि श्रेष्ठ र नाजिर हुसेनको अभिनय छ । सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माताको रुपमा छन् ।
अमितेष शाह सहायक निर्माताको रुपमा छन् । यो फिल्मबाट २ दशकपछि निर्देशनमा गौचनको पुनरागमन भएको हो । ‘मिनिमालिस्ट’ शैलीको स्टोरी टेलिङ समेटिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।
प्रतिक्रिया 4