+
+

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकको व्यवस्था कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा

‘छलफल नगरी विधेयक जारी गरियो, हाम्रो आपत्ति छ’

‘कांग्रेसको अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा कांग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन,’ शर्माले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १६:५५

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्ने आएको विधेयकलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताएका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन छलफल नभएको पनि बताएका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ,’ शर्माले अनलाइनखबरसँग कुराकानी गर्दै भने ।

विधेयक ल्याउन सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन खोजेरै ल्याइएको हो भनेर भने पनि त्यसको भारी कांग्रेसले नबोक्ने शर्माको दाबी छ ।

‘अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा कांग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन,’ शर्माले भने ।

शर्माले जनमत, सरोकार, नियमन गर्ने अरु विधिहरू ख्याल नै नगरी विधेयक ल्याउने कार्य भएको बताए ।

फेक आइडी बनाउने, अमार्यादित ढंगले गाली गर्ने, अश्लिल सामग्री पोष्ट गर्ने नियन्त्रण गर्ने सन्दर्भमा भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताकै चाहना पनि रहेको पनि शर्माले बताए ।

‘मिस र डिस इन्फर्मेशनले परेको असर र परीक्षण गर्न पनि मर्यादित ढंगको सोच जरुरी नै छ,’ शर्माले अघि भने, ‘तर, अहिले आएको आएको विधेयक अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालको छ ।’
उनले कतिपय विषयहरू प्रेस काउन्सिलले हेर्न मिल्ने पनि बताए ।

कतिपयमा कारबाही प्रक्रिया फरक तरिकाले गर्न सकिनेमा फौजदारीमा तान्न खोजिएको प्रावधानहरूप्रति उनको आपत्ति छ ।

‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विश्वप्रकाश शर्मा प्रवक्ता हुँदा जारी भएको वक्तव्यसँग अहिले महामन्त्री हुँदा पनि प्रतिवद्ध छ,’ शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक हामीसँग परामर्श नगरी जारी गरिएको छ । हाम्रो आपत्ति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?