+
+

भौतिक संरचनालाई उत्पादनसँग जोड्न भौतिकमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १७:०९

१७ माघ, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक संरचनालाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

उत्पादन वृद्धि र आर्थिक विकासमा सहयोग पुग्ने गरी संरचना विकास गर्न आवश्यक रहेको उनले बताए । बिहीबार ललितपुर ग्वार्कोदेखि लाकुरी भञ्ज्याङ हुँदै काभ्रे माने दोभानसम्म पुग्ने सडक निरीक्षणपछि मन्त्री दाहालले आवश्यक स्थानमा सडक तथा संरचना विकास गरी स्थानीयको आर्थिक जीवनमा सुधार ल्याउन सरकारले प्राथमिकता दिएको दाबी गरे ।

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा जनमुखी र आवश्यकतामा आधारित योजनाहरूलाई प्राथमिकता दिने समेत उनले बताए ।

संघीय राजधानी उपत्यकाभित्र रहेर पनि कतिपय ग्रामीण क्षेत्रमा आधारभूत पूर्वाधार समेत अभाव रहेको भन्दै उनले आगामी बजेटमा यस्ता स्थानको आवश्यकता सम्बोधन गरिने बताए ।

सोही क्रममा ललितपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोदेखि लुभु–लाकुरी भञ्ज्याङ हुँदै ललितपुर, भक्तपुर र काभ्रे सीमा क्षेत्र माने दोभानसम्मको सडक कालोपत्र गर्न सके पर्यटन प्रवद्र्धनका साथै स्थानीय कृषि उपज बजारीकरणमा पनि सहयोग पुग्ने बताए ।

त्यसैगरी महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले सडक निर्माण र स्तरीकरणमा स्थानीय सरकारको स्रोतसाधनले मात्र नपुग्ने भएकाले संघीय सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

वडा नम्बर १० अध्यक्ष विजय लामाले स्तरीय सडक सञ्जाल विकास गर्न सके स्वरोजगारी समेत सिर्जना हुने भएकाले संघीय सरकारले बजेट व्यवस्था गरिदिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?