+
+

७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले ७ बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १४:४५

१८ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।

उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’

उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।

‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?