+
+

नेसपा (नयाँ शक्ति) उपाध्यक्षमा उम्मेदवारी दिने पर्यटन व्यवसायी घलेको घोषणा

तीन दशकदेखि पर्यटन र सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी घलेले आदिवासी जनजाति क्लस्टरबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १०:०८

२५ माघ, काठमाडौं । युवा व्यवसायी रामबहादुर घलले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

तीन दशकदेखि पर्यटन र सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी घलेले आदिवासी जनजाति क्लस्टरबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेसपा (नयाँ शक्ति) ले माघ २७-२९ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । तत्कालीन नयाँ शक्ति पार्टी स्थापनाकालदेखि राजनीतिमा सक्रिय घलेले सूचना प्रविधि व्यवसायी भएकोले पार्टीका सबै गतिविधि डिजिटल प्लेटफर्मबाट गर्ने, पार्टीमा युवा र महिलाको बलियो उपस्थिति सुनिश्चित गर्ने, पारदर्शी पार्टी सञ्चालन पद्धतिको अभ्यासमा योगदान दिने लगायतका कार्ययोजना सार्वजनिक गरेका छन् ।

पार्टीको विभिन्न विभागको नेतृत्व गरिसकेका घलेले ‘मभित्र पार्टी होइन, पार्टीभित्र म’ को नारालाई अगाडि बढाउने र वैकल्पिक राजनीतिक शक्तिको ‘सिद्धान्त, नीति र मान्यतालाई जीवन व्यवहारमा लागू गर्ने कामको नेतृत्व गर्ने बताएका छन् ।

‘पार्टीमा युवा र महिलाहरूको सहभागिता बढाउने, युवा र महिलाहरूको लागि विशेष प्रशिक्षण, नेतृत्व विकास र राजनीतिक सशक्तीकरणका कार्यक्रमहरू सुरु गर्ने, जनजाति, दलित र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा ल्याउने कामको नेतृत्व गर्नेछु,’ उनले भनेका छन् ।

व्यवसायिक पृष्ठभूमिबाट आएकोले स्टार्टअप र उद्यमशीलता संस्कृतिलाई प्रोत्साहन गर्न नेतृत्व गर्ने योजना पनि घलेले अगाडि सारेका छन् ।

‘स्टार्टअपहरूको लागि अनुकूल वातावरण बनाउने र उनीहरूलाई प्राविधिक, आर्थिक र प्रशासनिक सहयोग प्रदान गर्नेछु’ उनले भनेका छन्, ‘युवाहरूलाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रोत्साहित गर्नेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?