+
+

त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा

धरौटी नबुझाएपछि एक जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १६:५३
दायाँबाट क्रमश : हुम्लाका ३२ वर्षीय महानन्द जैसी, झापाकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई र दोलखाको ४८ वर्षीय ललितकुमार केसी ।

२५ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एक/एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए ।

धरौटी बुझाउन नसेकका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति हुन् । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए ।

अर्का प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका थिए । प्रतिवादी राईले भने आफू कुनै पनि संघसंस्था तथा पार्टीमा आवद्ध नरहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?