 
																			२८ माघ, चितवन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुने बताएका छन् ।
सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने स्पष्ट पारे ।
उनले भने, ‘सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा जसरी विधेयक ल्याएको छ, त्यसरी कानुन बन्दैन। उक्त विधेयक सच्याइ, परिमार्जन र संशोधन गरेर मात्रै पारित हुन्छ ।’
सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने उनको भनाइ छ । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उनले बताए । ‘अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुन्छ । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुन्छ।’ उनले भने ।
यस्तै महामन्त्री थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपर्यो।’
विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनको भनाइ छ ।
‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन’, उनले भने, ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ।’
पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4