+
+
Shares

रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्म रोमाञ्चक यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १५:१९

काठमाडौं । जनकपुरदेखि सिन्धुलीसम्म रोयल इनफिल्ड महाराइड यात्रा सम्पन्न भएको छ ।

सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने यात्राको मुख्य उद्देश्य रहेको थियो ।

जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यात्रामा ६१ जनाको सहभागिता रहेको थियो । महाराइड यात्राको नेतृत्व रोड क्याप्टेन विमल श्रेष्ठले गरेका थिए ।

मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रञ्जित यादवले यात्राको उद्घाटन गरेका थिए भने झन्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दीपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए ।

यात्राको उद्घाटन गर्दै यादवले सडक सुरक्षाबारे आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?