+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

राजनीतिक दल सम्बन्धी विधेयक ल्याउँछौं, अध्यादेश होइन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते २०:५१

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसद्मा विधेयक ल्याउने बताएका छन् ।

बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको जानकारी गराए ।

‘हामीलाई पार्टी फुटाउने कुनै सौख छैन तर कानून त चाहियो नि । कानुनको अभाव छ अहिले । अब संसद्‌मा हामी विधेयक ल्याउँछौँ । विधेयक ल्याउँछौँ । संसदबाट विधेयक, अध्यादेशबाट होइन । त्यसैकारण हामीले अध्यादेश नल्याएको । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याउँछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘विधेयक पास गरेर ऐन बनाउँछौँ । ऐन स्थापित गर्दछौँ । हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन हामीसँग झन्डै दुई तिहाईको सरकार छ । किन फुटाउने पार्टी बेकार ?’

प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसद्को ४० प्रतिशत पुर्‍यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?