+

बाल क्यान्सरको निःशुल्क औषधि नेपाल आइपुग्दै

२०८१ फागुन  १ गते १६:५१ २०८१ फागुन १ गते १६:५१
बाल क्यान्सरको निःशुल्क औषधि नेपाल आइपुग्दै

नेपालले नि:शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिन लागेको हो।

बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने सम्झौता अघिल्लो वर्ष २७, मार्चमा भएको थियो। सम्झौता अनुसार नेपालले ५ वर्षसम्मका लागि निःशुल्क औषधि प्राप्त गर्नेछ।

अहिले पहिलो लटमा एक वर्षलाई पुग्ने गरी औषधि आउन लागेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा.सुमन पन्थीले जानकारी दिए।

कुन दिन औषधि आइपुग्छ भन्ने निश्चित नभएपनि एकसाता भित्र आइपुग्ने उनले बताए। ‘दिन निश्चित भइसकेको छैन तर छ्टिटै आइपुग्दैछ’ पन्थीले भने, ‘अर्काे सातासम्म सरकारलाई हस्तान्तरण गरिसक्ने योजना छ।’

यसरी निःशुल्क आउने औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइने छ। भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भतरपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।

२०२५ देखि २०३० सम्म ५ वर्षका लागि नेपालले निःशुल्क औषधि पाउने सम्झौता भएको छ।

नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै छ। नेपालले सन २०३० सम्म बाल क्यान्सर निको हुनेदर कम्तिमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

बाल क्यान्सरको निःशुल्क औषधि आएपछि निको हुने दर बढ्ने र लक्ष्य प्राप्तिमा सहयोग पुग्ने डा.पन्थीले बताए।

‍औषधि बाल क्यान्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय