+
+
Shares

विद्यार्थीको गालामा पन्युले डाम्ने शिक्षिकालाई थप ५ दिन हिरासतमै राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते २०:२१

५ फागुन, पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिएको अभियोगमा पक्राउ परेकी शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक पनि ५ दिन हिरासतमै राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलको संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरीसमेत रहेकी लेखापाल श्रेष्ठले ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक भएपछि गत माघ ३० गते पक्राउ गरी पहिलो पटक ५ दिनको म्याद थप भएको हो ।

थप अनुसनधानका लागि प्रहरीले सोमबार १० दिन माग गरिएकोमा ५ दिन हिरासतमै राख्न अनुमति मिलेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख पोषण थापाले जानकारी दिए ।

श्रेष्ठलाई बालबालिकाविरुद्धको असुरमा थप अनुसन्धान गर्न माग गरिएको र अदालतको बाल इजलासले अनुमति दिएको थापाको भनाइ छ । विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै लेखापाल श्रेष्ठले पन्यु तताएर ४ जना बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए ।

यो घटना सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो । शिक्षिकाबाट डामिने बालक १० वर्ष उमेरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?