+
+
Shares

‘एक्टर : टेक वन’ले अहिलेसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १३:५५

काठमाडौं । प्रदीप खड्का स्टारर ‘एक्टर : टेक वन’ले दर्शकबाट सुखद प्रतिक्रिया त प्राप्त गर्‍यो तर, अपेक्षित ब्यापार गर्न सकेन । यो फिल्म अहिले हलबाट उत्रिसकेको छ । अहिलेसम्म निर्माताले आधिकारिक कमाइ सार्वजनिक पनि गरेका छैनन् ।

फिल्मले घरेलु बक्सअफिसमा न्यून कमाइ गरेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्सअफिसमा फिल्मको कूल कमाई ९५ लाख ९१ हजार रुपैयाँ ग्रस छ । स्टारकास्ट हेर्दा फिल्मले उत्साहजनक कमाइ गर्ने प्रक्षेपण गरिएको थियो । यो फिल्म अभिनेता खड्काको करिअरमा न्यून कमाइ गर्नेमध्येको फिल्म बनेको छ ।

अर्को फिल्म ‘एक्टर’को लाइफटाइम कलेक्सन चाहिँ ३३ हजार ८५ रुपैयाँ रहेको देखिएको छ ।

विक्की कौशल स्टारर ‘छावा’ले पनि नेपाली बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ । शुक्रबारदेखि रिलिज भएको फिल्मले सोमबारसम्म ७३ लाखभन्दा धेरै कमाइ गरेको छ । सकारात्मक ‘वर्ड अफ माउथ’को कारण ‘छावा’ले दोस्रो सप्ताहन्तमा १ करोड नेरु ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ ।

माघदेखि फागुनको पहिलो सातासम्म नेपाली फिल्म बक्सअफिसमा अपेक्षाकृतरुपमा चलायमान हुन सकेको देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?