+
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता :

रंगशालामा महिला फुटबलको क्रेज (तस्वीरहरू)

२०८१ फागुन  ८ गते २१:४५ २०८१ फागुन ८ गते २१:४५

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनन, म्यानमार र किर्गिस्तानलाई बोलाएर पहिलोपटक चार देशीय प्रतियोगिता गरेको हो । पहिलो पटकमै महिला फुटबलमा नेपाली दर्शकहरुमा बढिरहेको आकर्षण देखिएको छ ।

रंगशालामा महिला फुटबलको क्रेज (तस्वीरहरू)

८ फागुन, काठमाडौं । बिहीबार साँझ दर्शकले भरिएको घरेलु मैदान दशरथ रंगशालामा नेपाली महिला फुटबल टोलीले लेबननलाई हरायो ।

पहिलो हाफको ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार गोलमा परिणत भएको थियो । त्यही गोल निर्णायक बन्दा नेपाल एक खेल अगावै फाइनलमा पुग्यो

दोस्रो हाफमा कुनैपनि पक्षबाट गोल हुन सकेन । खेलभर लगभग हाबी नेपालले गोल गर्ने थुप्रै मौका गुमाएको थियो ।

पहिलो पटकमै महिला फुटबलमा नेपाली दर्शकहरुमा बढिरहेको आकर्षण देखिएको छ ।

गोलको अवसर सिर्जना भइरहँदा समर्थकको चर्को हुटिङ हुन्थ्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनन, म्यानमार र किर्गिस्तानलाई बोलाएर पहिलोपटक चार देशीय प्रतियोगिता गरेको हो । पहिलो पटकमै महिला फुटबलमा नेपाली दर्शकहरुमा बढिरहेको आकर्षण देखिएको छ ।

यसअघि किर्गिस्तानलाई १–० गोल अन्तरले नेपालले हराउँदा पनि ठूलो संख्यामा दर्शक मैदान पुगेका थिए । अब म्यानमारसँग नेपालले फाइनल सहित दुई खेल खेल्नेछ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

दर्शक दशरथ रंगशाला नेपाली महिला फुटबल महिला फुटबल सावित्रा भण्डारी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय