 
																			११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा लुटतन्त्र भइराख्ने हो भने आफूहरू निरन्तर विरोध गरिराख्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् ।
उनले पूर्वराजा शाहलाई ०८४ को निर्वाचनमा सहभागी हुन आह्वान समेत गरेकी थिइन् ।
सोही भनाईलाई जवाफ दिँदै अध्यक्ष लिङ्देनले भने, ‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस् । त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिराख्छौं ।’
लिङ्देनले संसद्को आकस्मिक समयमा फरक विषयमा आफ्ना कुरा राख्ने सोच भएको भए पनि पूर्वराजाको विषयमा कुरा उठेपछि त्यसबारे जवाफ दिएका थिए ।
‘यहाँ केही प्रश्नहरू उठे । म नेपाललाई राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भनेजस्तो अर्थमा यहाँ कुरा राखियो,’ उनले भनेका छन् ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4