+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘४३ जनाले एमबीबीएस पास गरे, ४१ जनाले विदेश जान आवेदन दिए’

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १३:५९

१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएको बताएका छन् । बरु युवाहरू विदेशिनेक्रम बढ्दो रहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको बताए ।

‘हालै नेपालको सबैभनदा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३ जनाले एमबीबीएस पास गरेकोमध्ये ४१ जनाले विदेश जानको लागि नेपालमा आफ्नो भविष्य नदेखेपछि विदेशमा नै अभ्यास गरेर बाँकी अध्ययनका लागि सम्बन्धित निकायमा आवेदन दिइसुकेको छ,’ उनले भने ।

यस्तो विषयमा सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?