+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केयूले भन्यो– ‘विद्यार्थीको क्रेडिट आवर ट्रान्सफर भइरहेको छ’

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि नेपालका विश्वविद्यालयहरूले क्रेडिट आवर ट्रान्सफर गरेर आए भर्ना लिने बताइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १७:०४

१५ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुमेसनका डिन बालचन्द्र लुईंटेलले विद्यार्थीको क्रेडिट आवर ट्रान्सफर गर्न मिल्ने बताएका छन् ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि नेपालका विश्वविद्यालयहरूले क्रेडिट आवर ट्रान्सफर गरेर आए भर्ना लिने बताइरहेका छन् ।

‘परम्पारखदेखि नै क्रेडिट आवर ट्रान्सफर भइरहेको छ । २० वर्षदेखिको अभ्यास गरेको हो,’ डिन लुईंटेलले भने । त्यसै अनुसार केयूको प्राज्ञिक परिषद्ले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले छलफलको आयोजना गर्ने भएको छ ।

‘विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका विधा र विषयहरूमा विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्सफर एवं क्रेडिट संकलन प्रक्रियामार्फत नेपालमा अध्ययन निरन्तरता गर्ने विषयमा छलफल गर्न लागेका हौं,’ उनले भने ।

शुक्रबार ११ बजेदेखि २ बजेसम्म केयूको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा छलफलको कार्यक्रम राखिएको लुईंटेलले बताए । विदेशी विश्वविद्यालयमा रहेका विद्यार्थीले भर्चुअल रूपमा पनि सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?