२० फागुन, काठमाडौं । हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको मंगलबार सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल छन् । प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण उनीहरू फेवातालमा फसेका थिए ।
सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4