+
+
Shares

सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते ११:२९

२३ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् ।

‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भने ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्‍याउने बताए ।

यसअनुकुलको नीति नेपालले अवलम्बन गर्दै आएको बताए ।

‘संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भने सूचना प्राप्त गर्ने हकको प्रत्याभूति गरेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?