+
+
Shares

प्रधानमन्त्री पुग्दा सुर्खेतमा सडक खाली गराइयो, स्थानीयको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १४:२९

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् ।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् ।

प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो ।

केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?