+
+
Shares

दर्शक फकाउँदै देशब्यापी दौडाहामा ‘द्रौपदी’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १६:१४

काठमाडौं । चैत ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’ले देशब्यापी प्रवर्द्धन अभियान थालेको छ । यसका लागि निर्देशक ऋषिराज आचार्य, कलाकारको टोली देश दौडाहामा निस्किएको छ ।

टिभी रियालिटी शो ‘नेपाल आइडल’का विजेता रवि ओड, कलाकार प्रकाश ज्ञवाली, सुजाता तिमल्सिना पनि प्रचारमा जुटेका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ‘द्रौपदी’ले फिल्मबारे जानकारी दियो ।

टिजर, गीत र ट्रेलर फिल्म चर्चामा छ । ‘कर्नाली काटौंला’ अहिले युट्युबमा रुचाइएको गीतमध्ये पर्छ । सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको क्रममा कलाकारले प्रस्तुति दिए । अभिनेत्री तिमल्सिनाले नृत्य प्रस्तुति पनि दिइन् ।

‘द्रौपदी’ले विहिबार दाङमा पत्रकार सम्मेलन गरेको छ । यसपछि क्रमशः नेपालगञ्ज, पोखरा, चितवन लगायतका ठाउँमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे जानकारी दिइने निर्देशक आचार्यले जानकारी दिए ।

कर्णालीको कथामा निर्माण गरिएको यो फिल्ममा महिला संवेदना, शोषण र विभेदको कथा पेश गरिएको छ । नेपालपछि फिल्मलाई विभिन्न मुलुकमा रिलिजको तयारी रहेको निर्देशकले जनाएका छन् । पछिल्लो समय कर्णालीको कथामा धमाधम फिल्म बनिरहँदा ‘द्रौपदी’ पनि दर्शकमाझ आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?