+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अस्थायी युद्धविराम युक्रेनी सेनाका लागि विश्राम मात्र हुनेछ : क्रेमलिन

तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा अस्थायी युद्धविराम युक्रेनी सेनाका लागि राहत मात्र हुने क्रेमलिनका एक उच्च अधिकारीले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १९:३८

२९ फागुन, काठमाडौं । क्रेमलिनका एक उच्च अधिकारी युरी उशाकोभले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको आलोचना गरेका छन् ।

यसले युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हुने उनको भनाइ छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गरेपछि उशाकोभले सरकारी सञ्चारमाध्यमसँग भने, ‘यो युक्रेनी सेनाका लागि अस्थायी ‘विश्राम’ बाहेक अरू केही हुनेछैन ।’

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ‘सम्भवतः थप विशिष्ट र ठोस आँकलन’ गर्ने उनले बताए । उशाकोभले रुसले ‘दीर्घकालीन शान्तिपूर्ण समाधान’को लक्ष्य राखेको र यसले रुसको ‘वैध हित’ सुरक्षित गर्ने धारणा राखे ।

उनले भने, ‘हामी त्यसैका लागि प्रयासरत छौं । साथै, शान्तिपूर्ण कदमको नक्कल गर्ने कुनै पनि कदम अहिलेको परिस्थितिमा कसैलाई पनि आवश्यक छैन भन्ने मलाई लाग्छ ।’

वासिङ्टनले मस्कोलाई तीन वर्षे द्वन्द्वलाई ‘बिनाशर्त’ रोक्न दबाब दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न बिहीबार रुस आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?