 
																			१ चैत, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् ।
शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूको खोजतलास गरेको थियो ।
खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4