
३ चैत, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले रायो सागको भाउ बढेको देखाएको हो ।
आइतबार कालीमाटी बजारमा रायो सागको भाउ थोकमा ३० देखि ४० रुपैयाँ छ । कालीमाटीमा १५ फागुनमा रायो साग प्रतिकिलो थोक मूल्य १५ देखि २५ रुपैयाँमा किनबेच भइरहेको थियो । अहिले रायो सागदेखि अन्य साग पनि किलोको ७५ रुपैयाँसम्ममा किनबेच भइरहेका छन् ।
यस्तै, कालीमाटी बजारमा पालुंगो साग ५० देखि ५५ रुपैयाँ, चम्सुर साग ७० देखि ७५, तोरी साग ३० देखि ३५ र मेथी साग ४० देखि ५१ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।
अहिले सागको सिजन सकिन लागेको र आपूर्ति कम भएकाले पनि सागको मूल्य बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4