+
+
Shares

व्यावसायिक सुरक्षा माग्दै मोबाइल व्यवसायीले बुझाए ७७ जिल्लाका प्रजिअलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १३:४१

५ चैत, काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले व्यवसायीको समस्या समाधानको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।

महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी प्रसाशनबाट दु:ख भोग्नु परेको तथा मोबाइल लक अनलकमासमेत
विनाकारण व्यवसायी फस्ने गरेको भन्दै झन्झटमुक्त वातावरणको माग गर्दै प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाइएको हो ।

महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यका अनुसार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई महासंघको जिल्ला कार्यसमिति मार्फत ज्ञापनपत्र बुझाइएको हो ।

भोलि बुधबार सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश कार्यसमितिको अगुवाइमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।

यसैगरी गृहमन्त्री र गृहसचिवलाईसमेत महासंघ केन्द्रले बनाएको व्यवसायी-सुरक्षा निकायबीचको सहकार्य सम्बन्धी ड्राफ्ट बुझाउने कार्यक्रम छ ।

सो ड्राफ्ट कार्यान्वयन आए व्यवसायी र प्रहरीबीच सहकार्य गरेरै समस्या समाधानमा बाटो खुल्ने केन्द्रीय अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?