 
																			६ चैत,बुटवल । रुपन्देहीका दुई क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनको मत परिणाम अनुसार एउटामा नेविसंघको एकल प्यानल विजयी भएको छ भने अर्कोमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
शुद्धोधन गाउंपालिकास्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका आदेश राना नेतृत्वको प्यानल नै निर्वाचित भएको छ।
राना ३१५ मत ल्याएर विजयी हुँदा दुई अखिलको संयुक्त प्यानलका अन्जिता चौधरीले १४४ मत ल्याएर मात्र ल्याएकी निर्वाचन अधिकृत भीमप्रसाद सापकोटाले बताए ।
आदेश रानाको प्यानलमा सचिव पदमा रम्भा थारूले ३०१ मत ल्याएर विजय भएकी छन् भने संयुक्त प्यानलबाट अतुल मिश्रले १५७ मत ल्याए । कोषाध्यक्षमा माधवकुमार कँडेल ३०३ मत ल्याएर निर्वाचित हुँदा हसिबुन निशाले १५० मत ल्याइन् ।
खुल्ला सदस्यमा किसन थारू, सानिया चालिसे, सुरेन्द्र पाठक, कृष्ण बहादुर लोनिया, अनुराधा कुमारी हरिजन निर्वाचित भएका छन् । क्याम्पसमा ५५० जना विद्यार्थी रहेकोमा ४६७ मत खसेको थियो भने ४ मत बदर भएको थियो ।
यस्तै रुपन्देहीको सैनामैनास्थित शहीद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ ।
नेविसंघविरुद्ध संयुक्त प्यानल बनाएका अनेरास्ववियुका विज्ञान पाण्डेले ३१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघका मौसम थापाले २५२ मत ल्याएका थिए ।
त्यसैगरी सचिवमा हिमनारायण पौडेल, कोषाध्यक्षमा मेलिना मगर विजयी भएका छन् । सदस्यहरुमा पनि अखिल संयुक्त प्यानलबाट सन्दिका बन्जाडे, अमृत बिक, अमित थारु, आशिका काफ्ले, मयंक कार्की विजयी भएका छन् । ।
मंगलबार नै परिणाम सार्वजनिक भएको रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको पूरै प्यानल विजयी भएको छ ।
८ ठूला क्याम्पसको चुनाव स्थगित
रुपन्देहीमा त्रिविका दुई मुख्य आंगिक क्याम्पसहित ८ वटामा विवादका कारण निर्वाचन स्थगित भएका छन् ।
रुपन्देहीमा रहेका १२ वटा क्याम्पसहरुमध्ये यस्तो विवादमा कारण ८ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । विद्यार्थी संगठनहरुबीच विवाद र तालाबन्दीले आठ वटामा क्याम्पसमा निर्वाचन नै रोकिएको हो ।
उम्मेदवारी दर्ताकै क्रममा देवदह आदर्श बहुमुखी क्याम्पस देवदहमा भने स्ववियुको सिंगो कमिटी नै निर्बिरोध निर्वाचित भइसकेको छ ।
रुपन्देहीमा लुम्बिनी क्षेत्रमै धेरै विद्यार्थी भएको त्रिविको आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस र सम्बन्धन पाएका लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, लीलाराम बहुमुखी क्याम्पस, सरस्वती संस्कृत विद्यापीठ क्याम्पसमा निर्वाचन रोकिएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4