+
+
Shares

ललितपुरमा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १३:३९

६ चैत, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–३ माझखोलामा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बा २० च ७८७४ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा सहचालक धनुषा घर भएका ३२ वर्षीय मनोज सुनुवारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गाडी चालकको सोही अस्पालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?