७ चैत, काठमाडौं । आउँदो शनिबारदेखि सुरु हुने आईपीएल क्रिकेट २०२५ का पहिलो तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले गर्ने भएका छन्।
नियमित कप्तान सन्जु सामसन चोटबाट पूर्ण रूपमा निको नभएकाले इम्प्याक्ट प्लेयरका रूपमा शुद्ध ब्याटरको रूपमा मात्र खेल्ने बुझिएको छ । त्यसकारण कप्तानी रियानले गर्ने भएका हुन्।
सामसनले टोली बैठकमा यस निर्णयको घोषणा गर्दै टोलीमा धेरै सक्षम खेलाडीहरू रहेको बताउँदै परागलाई समर्थन गर्न आग्रह गरे। उनले सुरुमा कप्तानी नगर्ने भए पनि मुम्बईमा आज हुने आईपीएल कप्तानहरूको बैठकमा राजस्थान रोयल्सको प्रतिनिधित्व भने गर्नेछन्।
इङ्ग्ल्यान्डविरुद्धको टी-२० सिरिजमा औंलामा चोट लागेपछि सामसनको शल्यक्रिया गरिएको थियो र उनी निको हुने क्रममा छन्। उनले अझै विकेटकिपिङका लागि फिटनेस परीक्षण पास गर्न सकेका छैनन्।
तेस्रो खेलपछि फेरि परीक्षण गरेपछि मात्र उनले कप्तानी पुनः सम्हाल्ने छन् । राजस्थानले आईपीएलको पहिलो खेल आइतबार सनराइजर्स हैदराबादसँग खेल्ने छ ।
-क्रिकबजबाट साभार
 
                    










 २०८१ चैत  ७ गते १२:२५
                        २०८१ चैत  ७ गते १२:२५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4