+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दुर्गा प्रसाईंको आन्दोलनलाई नवराज सुवेदीको समर्थन, जनप्रदर्शन सफल बनाउन अपील

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १४:२२

१२ चैत, काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन्।

सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो ।

सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्।

अबदेखि राजधानी केन्द्रित राजसंस्था पुनःस्थापना सम्बन्धी हरेक आन्दोलन र प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पूर्ण समर्थन र सहकार्य रहने विज्ञप्तिमा स्पष्ट पारिएको छ।

‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपील गर्दछु’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?