+

स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने

२०८१ चैत  १२ गते १७:१७ २०८१ चैत १२ गते १७:१७
स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने

१२ चैत, काठमाडौं । अब वीर अस्पतालमा स्तन, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरु गरेको यस अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । यसबारे काठमाडौं महानगर र वीर अस्पतालबीच मंगलबार सम्झौता भएको छ ।

स्वास्थ्य मन्त्री पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षण सम्बन्धी सम्झौता भएको वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले जानकारी दिए ।

शर्माका अनुसार निःशुल्क परीक्षणका लागि काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ।

सहकार्यका लागि मन्त्री पौडेलले काठमाडौं महानगरप्रति आभार प्रकट गरे । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतताका लागि यो कार्यक्रम आवश्यक रहेको उनले बताए ।

‘स्वास्थ्य क्षेत्रमा तीन सरकार बेग्ला बेग्लै होइन मिलेर सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ मन्त्री पौडेलले भने, ‘मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि काठमाडौं महानगरसँगको सहकार्य हाम्रा लागि उत्कृष्ट प्रेरणा र उदाहरण हो।’

काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरुको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् ।

क्यान्सर नि:शुल्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने

स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने

पटुकीको विकल्पमा सुत्केरी ‘बेल्ट’ : यसले पेटको बोसो घटाउँछ ?

पटुकीको विकल्पमा सुत्केरी ‘बेल्ट’ : यसले पेटको बोसो घटाउँछ ?

मस्तिष्क र मेरुदण्डको क्षयरोग के हो, कसरी हुन्छ उपचार ? (भिडियो)

मस्तिष्क र मेरुदण्डको क्षयरोग के हो, कसरी हुन्छ उपचार ? (भिडियो)

मिर्गौलामा पनि हुन सक्छ क्षयरोग

मिर्गौलामा पनि हुन सक्छ क्षयरोग

न्याम्सको पाँचौ दीक्षान्त समारोह सम्पन्न, यी हुन् दीक्षित हुने विद्यार्थीहरू(सूची)

न्याम्सको पाँचौ दीक्षान्त समारोह सम्पन्न, यी हुन् दीक्षित हुने विद्यार्थीहरू(सूची)

कोलेस्टेरोल बढ्ने १० कारण, कसरी नियन्त्रणमा राख्ने ?

कोलेस्टेरोल बढ्ने १० कारण, कसरी नियन्त्रणमा राख्ने ?