 
																			१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ ।
दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए ।
उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए । अगाडि भने, ‘जबसम्म सम्माननीय प्रधानमन्त्रीले योा सदनमा आएर स्पष्टीकरण दिनुहुन्न तबसम्म सदन नचलाइयोस् ।’
प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । यही अडान लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेका छन् ।
तस्वीरहरु : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4